विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन: उपसभापति खड्का

होस्ट खबर ७ असार २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन् ।

उनले सबै राजनीति दलहरू मिलेर आएको बजेट सदुपयोग गर्नुपर्ने बताए ।

चिंगाड गाउँपालिका र लेकबेसी नगरपालिका जोड्ने ट्रेस पुलको बुधवार उद्घाटन गर्दै उनले भने, ‘राजनीतिक कारण र दर्शनले पार्टी फरक भए पनि विकासका लागि सबैको पार्टी एउटै हो ।’

विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरूको हुन आवश्यक रहेको उनको भनाई छ । उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, समुन्नति, उन्नति र प्रगति भएको बताए ।

त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको सुख दुखमा, समृद्धिमा, समुन्नति, उन्नति प्रगतिमा राजनीतिक दलहरूबीच कुनै विवाद छैन, उनले भने, ‘सबै एकताबद्ध भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ’ ।

सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न स्थानीय तहसँग आग्रह गरे । उनले सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्ने गरेर बजेटको ब्यवस्था गरिएको बताए । सिम्ता र चिंगाङ गाउँपालिकामा सामुदायिक विद्युतीकरणका कारण विद्युत प्राधिकरणलाई काम गर्न

समस्या भएको छ, उनले भने, चाँडो विद्युतीकरणका लागि सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आवश्यक छ । उनले सामुदायिक विद्युतीकरणका कारण जनताले महंगो शुल्क तिर्न परिरहेको बताए ।

उपसभापति खड्काले चिंगाडको तिरैतिर भएर जाने गंगगे–आरनटुडा–ढाडखेत–मटेला–थाला–भ्युसा–जाजरकोट सडकको स्तरोन्नतिका लागि काम भइरहेको बताए । चिंगाडका जनतालाई प्रदेश राजधानी जानका लागि यो सडक महत्वपूर्ण छ, उनले भने, त्यसैले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्