अमेरिकामा दोहोरो स्वर्ण जितेपछि खुशी साट्दै नन्दा बस्याल (भिडियो सहित)

होस्ट खबर २२ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

सुर्खेत : तेक्वान्दो खेलाडी तथा राखेप बोर्ड सदस्य नन्दा बस्यालले अन्तर्राष्ट्रिय प्रतियोगितामा २ स्वर्ण प्राप्त गरेकी छन् ।
अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् ।

नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।
सुर्खेत घर भएकी नन्दाले खेल जिवनमा गरेको संघर्षको महत्वपूर्ण उपलब्धिका रुपमा यसलाई लिएको बताइन् । गत बर्ष दक्षिण कोरियामा भएको प्रतियोगितामा पनि उनले स्वर्ण जितिन् । त्यस यता उनको खेल जीवन स्वर्णिम बन्दै अघि बढिरहेको छ । नन्दाको परिचय खेल सङ्ग मात्रै सिमित छैन । उनी एक सफल कलाकार र राजनीति मार्फत समाज सेवामा पनि अग्रसर छिन् । उनले कलाकारिता सिकेको संस्था बागीना समूह सुर्खेत हो ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्