बिभिन्न निकायबाट कूटनीतिक पहल हुँदासमेत सन्दीपलाई भिसा दिन अस्वीकार

होस्ट खबर १८ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्न अमेरिका जानका लागि यात्रा अनुमति भिसा दिन अस्वीकार गरेसंगै उनले आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काका अनुसार कूटनीतिक नोटसहित विभिन्न निकायबाट पहल हुँदासमेत दूतावासले भिसा दिन अस्वीकार गरेको हो । दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले विश्वकपमा क्रिकेट खेल्न जान रोकेको हो ।

जबरजस्ती करणी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेपछि यसअघि क्यानले निलम्बन गरेको थियो ।

दुई साताअघि मात्र उच्च अदालत, पाटनले उनलाई सफाइ दिएपछि क्यानले निलम्बन फुकुवा गरेको थियो । भिसा दिन अस्वीकार गरेपछि उनी विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्