कर्णाली संसदमा जेठ १३ र १४ गते प्रिबजेट छलफल हुने

होस्ट खबर १३ जेष्ठ २०८१, आईतवार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सभामा प्रिबजेट छलफल सुरु भएको छ । प्रिबजेट छलफलका लागि अर्थमन्त्री महेन्द्र के।सी ले शनिबार बसेको दोस्रो कार्यकालको चौथो अधिवेशनको दोस्रो बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक २०८१ का सिद्धान्त, उदेश्य र प्रमुख नीतिहरु सभा समक्ष छलफल गरियोस भन्दै प्रस्ताव पेश गरेका छन् ।

सोही अनुसार जेठ १३ र १४ गते बस्ने तेस्रो र चौथो बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे पूर्वछलफल हुनेछ । छलफलपछि उठेका प्रश्नमाथि अर्थमन्त्री के।सी ले जवाफ दिने कार्यसूची छ ।

सांसदहरूलाई बजेट निर्माणमा सहभागी गराउने उद्देश्यले यस सदनमा प्रिबजेट छलफल गर्न लागिएको हो । प्रिबजेट छलफलपछि सरकारले बजेट निर्माण गरि असार १ गते संसदमा प्रस्तुत गर्नेछ। जेठ १५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्