रविलाई गगनको प्रश्नः गृहमा बसेर विदेशीलाई सूचना बेचेको थाहा पाउँदा के हेरेर बसेको ?

होस्ट खबर ७ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चूनौति दिएका छन् । आज (आइतबार) आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले विदेशीलाई सूचना बेचेको थाहा हुँदाहुँदै गृहमन्त्रालयमा के हेरेर बसेको भन्दै प्रश्न गरे ।

‘उहाँले बहकिएर के सम्म भन्नुभयो भने – विदेशीलाई सूचना बेच्ने । त्यत्रो गृहमन्त्रालयमा बसेर विदेशीलाई सूचना बेच्ने जानकारी छ भने त, त्यहाँ बसेर सूचना बेच्ने कुरा थाहा पाएर पनि म भन्दिउँ भन्ने कुरा ठीक भएन,’– उनले भने ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा सम्बोधन गर्ने क्रममा कांग्रेस महामन्त्री थापालक्षित गरेर देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उनले गृहमन्त्री लामिछानेको आरोपलाई चूनौति दिएका हुन् । गृहमन्त्रीले आजको सिंगो संसद्लाई बहकाउने प्रयास गरेको उनले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्