अदालतले सफाई दिए लगतै क्यानले गर्यो सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा

होस्ट खबर २ जेष्ठ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई सबै प्रकारका क्रिकेट खेल गतिविधिमा लागेको निलम्बन फुकुवा गरेको छ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमाथि लागेको निलम्बन फुकुवा गरिएको जानकारी दिएको हो।

क्यानले भनेको छ, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौँ।’

क्यानले बुधबार नै सन्दीपलाई अमेरिका र वेष्टइन्डिजमा हुने विश्वकप क्रिकेट खेल्न पठाउने जनाएको छ।

बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्