पुटिनले पाँचौं पटक राष्ट्रपतिको शपथ लिदैं

होस्ट खबर २५ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक शपथ लिने भएका छन् । उनको शपथ ग्रहण समारोह नेपाली समय अनुसार दिउँसो २ः४५ बजे राजधानी मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा सुरू हुनेछ ।

यो समारोह करिब एक घण्टा सम्म चल्छ। रूसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार त्यही ठाउँ हो जहाँ रूसको जारवादी परिवारका तीन राजाहरू ९अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतिय र निकोलस द्वितीय०को राज्याभिषेक गरिएको थियो।

पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

शपथ ग्रहण समारोहमा रूसको संघीय परिषद्का सदस्यहरू ९सिनेटका सांसदहरू०, राज्य डुमाका सदस्यहरू (तल्लो सदनका सांसदहरू), उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू सहभागी हुनेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array