सन्दीपको गुनासो: षड्यन्त्रको सिकार भएँ

होस्ट खबर २० बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका छन् ।

उनले आफू षड्यन्त्रको सिकार भएको दाबी गरेका छन् । सन्दीपले समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/992712742224662?ref=embed_post

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array