इलाम-२ मा सुहाङको अग्रता, कांग्रेसका खड्का दुई हजार मतले पछाडी

होस्ट खबर १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ : प्रतिनिधि सभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम नै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।

एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array