इलाम–२: एमालेका नेम्वाङ र काँग्रेसका उम्मेदवार खड्काले गरे मतदान

होस्ट खबर १५ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ : इलाम-२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङ र नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्। उनीहरूले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। एमालेले सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने खड्का पनि यस अगाडि सुवाससँगको प्रतिस्पर्धामा पराजित भएका थिए।

४२ वडा रहेको इलाम क्षेत्र नम्बर-२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन्। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ ।

निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array