इलाम-२ मा माओवादीले एमालेलाई सघाउने संभावना कत्तिको ?

होस्ट खबर १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ : केन्द्रीय कार्यालयका अनुसार दुई क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने कि आफ्नो उम्मेदवार उठाउनेबारे निर्णय गर्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा आलीबीच इलाम २ मा दिवंगत सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउनुअघि छलफल भए पनि टुंगोमा पुगेका थिएनन् । इलाम २ मा माओवादीभन्दा एमाले बलियो भएकोले सुहाङलाई समर्थन गर्ने संभावना रहेको एमाले नेताहरुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशसभा बझाङ १ (१) मा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने अडान लिएको छ । आफ्नो उम्मेदवार समर्थन नगरे इलाममा आफ्नो उम्मेदवार उठाउने उसको चेतावनी छ । समाजवादीले इलाम २ मा एमाले उम्मेदवार सुहाङलाई नसघाए थप चुनौती हुनेछ । इलाम २ मा गत निर्वाचनमा सुवास नेम्वाङ ११४ मतले कांग्रेसका डम्बर खड्कालाई पराजित गरेका थिए । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

माओवादी र एकीकृत समाजवादीले समर्थन गरेमात्र इलाम २ मा एमालेलाई सहज हुने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array