आज प्रधानमन्त्री दाहालले सांसदमा उठाएका प्रश्नहरुको जवाफ दिने

होस्ट खबर ६ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने तय गरिएको छ।

बैठक बिहान ११ बजे बस्ने तयारी भएको छ। बैठकमा बैठकमा प्रधानमन्त्री दाहालले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने छन् ।

संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

राष्ट्रिय सरोकारका समसामयीक विषयमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको छ । यसै अनुसार गत फागुन ६ गते पनि प्रधानमन्त्री दाहालले सांसदका प्रश्नहरुको जवाफ दिएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array