काठमाडौँ : जुम्लामा सात दिनसम्म संचालन भएको फुटबलको रेफ्री तालिमबाट १६ जना दिक्षित भएका छन्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग ,कर्नाली प्रदेश फ़ुटबल संघ र ज़िल्ला खेलकूद विकास समितिको समन्वय,अखिल नेपाल फटबल संघको प्राविधिक सहयोगमा जुम्ला ज़िल्ला फ़ुटबल संघ यही फागुन २० गते देखि २६ गते सम्म तालिमको आयोजना गरिएको थियो ।
तालिममा कुल सहभागी ३६ जना रहेकोमा तालिमबाट १६ जनाले मात्र ब्याज पाउन सफल भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए ।
‘जुम्लामा पहिलोपटक रेफ्री तालिम संचालन गरिएको हो ।‘तालिमपछि यति धेरै रेफ्रीले ब्याज पाउनु आफैमा एउटा ऐतिहासिक पक्ष हुन पुगेको छ’ हमालले भने ।
लाइसेन्स प्राप्त रेफ्री नभएको कर्णालीमा भएको यो तालिमबाट ब्याज पाउने रेफ्रीले आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताएका छन् ।
‘अब जुम्ला फुटबलको हब बन्नेछ। एउटा खेलमा गरिएको लाभबाट हजारौं जोडिनु यसको प्रमाण हो । हामीले सम्भावना नै नभएको रेफ्री तालिम जुम्लामा गर्न सक्यौं । अब कर्णालीका विभिन्न जिल्लामा फुटबल नियमित रुपमा प्रतियोगिता हुनेछन्’ बुढथापाले भने ।
रेफ्री तालिमपछि कर्णाली क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा आफ्नै रेफ्री हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए ।
तालिममा मुगुका सागर मल्ललाई उत्कृष्ट प्रशिक्षार्थी घोषित गरिएको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्