सुर्खेतका डा. केशर ढकाल स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत

होस्ट खबर १६ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं : नेपालमा मंगलबार २६ औँ स्वास्थ्य सेवा दिवस मनाइएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरेको छ । हरेक वर्ष फागुन १५ गतेका दिन स्वास्थ्य सेवा दिवस मनाइँदै आएको छ । दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा मन्त्रालयले स्वास्थ्यका लागि उत्कृष्ट काम गरेमध्ये पाँचजना डाक्टर, स्वास्थ्यकर्मी र नर्सलाई पुरस्कृत गरेको छ। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरेको हुन् ।

पुरस्कृत मध्ये एक हुन् सुर्खेतका डा. केशर बहादुर ढकाल। जसले स्वास्थ्यकर्मीका रुपमा, मेडिकल अफिसरका रुपमा र स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा २५ वर्षदेखि कर्णाली प्रदेशमा सेवा दिँदै आएका छन्।

बि.सं. २०५५ सालबाट सुर्खेत अस्पतालमा मेडिकल अफिसरका रुपमा सेवा सुरु गरेका डा. ढकालले, जिल्ला अस्पताल तथा कर्णालीका दुर्गम जिल्ला हुँदै प्रादेशिक अस्पताल बनेको हाल कर्णाली प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा उनले हजारौंलाई उपचार सेवा दिएका छन्। सयौं महिला र बच्चाको ज्यान जोगाएका छन्।

त्यस्तै कालिकोटका सिअहेव, दीर्घ बहादुर नेपाली, बाराकी सिअनमी किरण कुमारी र फार्मेसी निरीक्षक सुश्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । सबैले पुरस्कार स्वरुप  ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुलाका सिनियर अनमी बबिता विष्ट प्रदान गरेकी छन् । अनमी विष्टले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेकी हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array