सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली एक्सपो आज मंगलबारबाट सञ्चालन हुने भएको छ । आयोजक सुर्खेत उधोग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन हुने जनाएको छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का भोली मध्यान्ह १२: ३० बजे गर्ने सुउवासंका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए ।
भोली विहान ११ बजे मंगलगडी चोकबाट झाँकी सहित र्याली निकालिने छ । यस्तै साढे १२ बजेबाट महोत्सवको उद्घाटन भएपछि अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाईएको छ ।
कर्णाली एक्सपोको मुख्य उदेश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसार संगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्ने रहेको छ ।












प्रतिक्रिया दिनुहोस्