कांग्रेस केन्द्रीय कार्यसमितिः यी हुन् हिन्दुराष्ट्रको पक्षमा उभिएका २२ नेताहरु

होस्ट खबर ५ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा २२ जना नेताहरुले पार्टीलाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभ्याउन विशेष पुरक प्रस्ताव पेश गरेका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीलाई हिन्दुराष्ट्रको पक्षमा उभ्याउनु पर्ने भन्दै २२ जना नेताहरुको हस्ताक्षरसहितको पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

कांग्रेसमा यतिबेला हिन्दुराष्ट्रको मुद्दा व्यापकताको साथ उठिरहेको छ । पार्टी सभापति देउवाले एक सार्वजनिक कार्यक्रममै हिन्दुराष्ट्रबारे पुनर्विचार गर्न सकिन अभिव्यक्ति दिएपछि उक्त मुद्दालाई झनै मलजल पुगेको छ ।

हिन्दुराष्ट्रको पक्षमा देउवालाई पुरक प्रस्ताव पेश गर्ने नेताहरुः

  • शंकर भण्डारी
  • दिलेन्द्र बडू
  • पुष्पा भुसाल
  • देवेन्द्रराज कँडेल
  • प्रकाश रसाइली स्नेही
  • रंगमति शाही
  • विद्या तिमल्सिना
  • गेहेन्द्र गिरी
  • सीता देवकोटा
  • अर्जुनजंगबहादुर सिंह
  • सीता कुमारी
  • सारदा पौडेल
  • चम्पादेवी खड्का
  • नागिना यादव
  • नृपबहादुर बड
  • सञ्जय गौतम
  • भीम पराजुली
  • दिनेश कोइराला
  • मुक्ताकुमारी यादव
  • डा. डिला संग्रौला
  • इन्द्रबहादुर बानियाँ
  • शुक्रराज शर्मा
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्