आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजाआराधना गरि मानिदै

होस्ट खबर २ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् ।

शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी उल्लेख छ ।

माता सरस्वतीको जन्मोत्सव माघ शुक्लपक्षको वसन्त पञ्चमीको रुपमा मनाइन्छ । विद्याकी खानी देवी सरस्वतीको पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

कसरी गर्ने पूजा ?

– बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुहोस् ।
– पूजामा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् ।
– माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस्। पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् ।
– माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुनेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array