७ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै कर्णालीमा राष्ट्रिय बेटी सम्मेलन सम्पन्न

होस्ट खबर १ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

सुर्खेत : १७ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै छोरी लक्षित हानिकारक विरुद्धको राष्ट्रिय बेटी सम्मेलन वीरेन्द्रनगरमा सकिएको छ।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा महिलामाथिको विभेद र हिंसा कर्णालीमा पनि व्याप्त रहेको जनाइएको छ। दिगो विकास लक्ष्य ५ पुरा गर्ने प्रतिबद्धता,सबै निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागिता भन्ने नाराको साथ छैटौँ ऐतिहासिक राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो।

कर्णालीमा घरेलु हिंसा, भ्रूण हत्या, बलात्कार, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथा लगायतका महिला हिंसाका थुप्रै कु-संस्कार, कु-प्रथाको अवस्था उस्तै रहेको सम्मेलनको ठहर छ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन नयाँ नयाँ सीप, कला, दक्षता र प्राविधिक शिक्षामा चेलीबेटीहरूको उल्लेखनीय ,व्यापक सहभागिता गराउन माग गरेको छ। घोषणापत्रमा छोरी बेटीमाथि हुने विभिन्न किसिमका हिंसा अन्त्य गर्नुपर्ने, महिला अधिकारको अर्थपूर्ण सहभागिता गराउनुपर्ने उल्लेख गरिएको छ।

अभियानकी संयोजक नजबुल खानले आसनमा महिला, भाषणमा महिला, शासनमा महिलाको सहभागिताको लागि आभाशा अभियान सुरुवात गरिएको बताइन्। महिला अधिकारको विषय लामो समयदेखि बहसमा रहे पनि महिला सहभागितामा नेपालका राजनीतिक दलहरू चुकेको ठहर सम्मेलनले गरेको छ।

राजनीतिक स्थिरताको लागि दलहरूबीच गठबन्धन गर्ने नाममा संविधानको भावना अनुसार महिलाहरूको प्रतिनिधित्वमा कटौती गर्ने काम भएको उनले बताइन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array