३४औं राष्ट्रिय भलिबल प्रतियोगिता: आर्मी र एपीएफ सेमिफाइनलमा प्रवेश

होस्ट खबर २४ पुष २०८०, मंगलवार
2 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबलमा विभागी क्लव त्रिभुवन आर्मी एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा र एपीएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफायनलमा स्थान बनाएका हुन् । त्यस्तै सोमबारको अन्य खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

सोमबारको अन्तिम खेलमा विभागीय क्लव आर्मीले गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गरेको छ । निकै रोमान्चक पहिलो सेटमा आर्मीले ३१–२९ को जित निकालेको थियो । आर्मीले दोस्रो र तेस्रो सेट क्रमस २५–२१ र २५–२१ ले जितेको हो ।

विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लवलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१७, दोस्रो सेट २५–१५ ले जितेको एपीएफले तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले जित्दै पुलिसमाथि ३–१ को सेटले पराजित गर्यो ।

सोमबार सुर्खेतमा भएको सम्पन्न भएको पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ । लुम्बिनीले पहिलो सेट १५–२५ ले जित्दा दोस्रो सेट २५–२१ ले गुमाएको थियो । त्यसपछिका दुवै सेटमा कोशीलाई पराजित गर्दै जित निकालेको हो । तेस्रो सेट १३–२५ र चौथो सेट २१–२५ ले लुम्बिनीले आफ्नो पक्षमा पारेको थियो ।

सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पनि ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २१–२५ ले जितेको सुदूरले दोस्रो सेट २५–२१ ले गुमाएको थियो । सुदूरपश्चिमले तेस्रो सेट १८–२५ र चौथो सेट २३–२५ ले जितेको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्