कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छु: उपप्रधानमन्त्री खड्का

होस्ट खबर २१ पुष २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली बनाउने यहीँ कै नेताहरू जिम्मेवारी रहेको उनले बताए ।

‘कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पूर्वाधार बनाउने कुरामा राजनीतिक दलहरूबिच कुनै विवाद नरहेको पनि उनले बताये । साथै त्यसो गर्न पनि नहुने उनको भनाइ छ ।

खेलकुदका विषयमा खड्काले भने, ‘१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ । पूर्वाधार निर्माणमा बजेट अभावका विषयमा केन्द्र सरकार अग्रसर नै छ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array