राष्ट्रिय धोती दिवस मनाउन माइतीघर पुगेका सिके राउतसहित करिव ६० जना गिरफ्तार

होस्ट खबर १६ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : ‘राष्ट्रिय धोती दिवस’ मनाउन भन्दै माइतीघर भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ को अवसर पारेर धोती दिवसको र्‍याली निकाल्दा प्रहरीले हस्तक्षेप गरेको हो।

आज बिहान जनमत पार्टीका अध्यक्ष सिके राउत मधेशी समुदायका केही व्यक्तिसहित सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरतर्फ बढ्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

विद्यार्थी जनमत संघको आयोजनामा धोती दिवस मनाउन पुगेका युवमाथि प्रहरीले हस्तक्षेप गरेपछि केहि समय धकेलाधकेल भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले करिव ६० जना जतिलाई गिरफ्तार गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्