सुर्खेतको मेहेलकुनामा हृदयरोग स्वास्थ्य शिविर रक्षामन्त्री खड्काद्वारा उद्घाटन

होस्ट खबर ७ पुष २०८०, शनिबार
3 Min Read
Aa

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक दिने निशुल्क मुटु रोग शिविर सुरु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर-८ मा अवस्थित पूर्वी सुर्खेतकै एक मात्र सरकारी मेहेलकुना अस्पतालमा संचालन भएको शिविरको नेपाल सरकारका उपप्रधानमन्त्रि तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै रक्षामन्त्री खड्काले भने, “तपाईंहरु चेकजाँचको लागी लाईनमा उभिरहदा मलाई २०७९ साल मंसिर ४ गते चुनावमा मतदान गर्न उपस्थित भएको याद आएको छ।”

उनले भने, “त्यति बेला तपाईंहरु जसरि उभिनु भएको थियो त्यसरी आज सबै जना चेकजाँचको लागी आउनु भएको छ, घर आँगनमा मुटु सम्वन्धि सेवा संचालन भएकाले साँझ सम्म भएपनि चेकजाँच गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछु।” साथै मन्त्रि खड्काले कर्णाली प्रदेश अस्पताल र गंगालाल हृदय रोग केन्द्र काठमाण्डौ बीच समन्वय समझदारी गरि गंगालालको बिशेषज्ञ सेवा कर्णाली प्रदेशमा नियमित संचानल गर्न आग्रह गर्दै उनले त्यस कामको लागी नेपाल सरकार र आफुले कुनै पनि सहयोग गर्नु पर्ने भएमा आफु सदैव तयार रहेको बताएका थिए। ब्याक टु लाईफ ई.भि. जर्मनी र एच.आर.ई.एन.डी.सि नेपालको आयोजना, शहिद गंगालाल हृदयरोग केन्द्र केन्द्र काठमाडौँ एवं प्रदेश अस्पताल सुर्खेतको साझेदारी तथा मेहेलकुना अस्पतालको सहभागिता तथा गुर्भाकोट नगरपालिकाको सहकार्यमा एक दिने निशुल्क मुटु रोग शिविर सुरु भएको हो ।

 

साथै उनले शिविर उद्घाटनमै २०७१ सालमा ५० बेडको संचालनको लागी अस्पतालको भवन निर्माणको काम सुरु गरिएको थियो तर ठेकेदारको लापरवाहीका कारण आज सम्म पनि भवन निर्माण सम्पन्न नहुदा आफु पनि सन्तुस्ट नभएको बताए ।  सुर्खेत मात्र नभएर छिमेकी जिल्ला सल्यान, जाजरकोट, दैलेख, बाँके, बर्दिया र दाङ लगाएतका नागरिक लाई लक्षित गरि त्यति बेला भवन निर्माण सुरु गरिएको बताउदै अहिले अस्पतालको भवन निर्माणको कामले गति लिएको हुदा छिट्टै अस्पतालको प्रशासनिक भवन निर्माणको काम सम्पन्न भई बिरेन्द्रनगर, नेपालगंज लगाएतका ठुला ठुला सहरमा जानु पर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।

मेहेलकुना अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर बिकको अध्यक्षता ,उप प्रधानमन्त्रि तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि खड्ग बहादुर पोख्रेल तथा कर्णाली प्रदेस सभा सदस्य बलिमाया बुढाको बिशेष आतिथ्यतामा एक दिने निशुल्क मुटु रोग शिविर सुरु भएको हो । शिविरमा गुर्भाकोट नगरप्रमुख हस्त पुन , उपप्रमुख मैना बिक , लेकबेसी नगरपालिका प्रमुख उमेश कुमार पौडेल , भेरिगंगा नगपालिका पुर्व मेयर भुपेन्द्र बहादुर चन्द , प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्का लगाएतको उपस्थिति रहेको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्