सरकारले सेनालाई ठेकेदार बनायो: सांसद हृदयराम थानी

होस्ट खबर ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारले नेपाली सेनालाई ठेकेदार बनाएको आरोप लगाएका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले सरकारले नै सेनालाई ठेकेदार बनाएर विवादमा तानेको बताएका हुन् । ‘२०७४ सालमा सुरु भएको फास्ट ट्र्याकको काम सेनाले २०८३ मा पनि सक्छ जस्तो लाग्दैन’, उनले प्रश्न गर्दै भने, ‘किन यस्तो परिस्थिति बन्यो ?’

सांसद थानीले फास्ट ट्र्याक निर्माणका लागि वनको समस्या रहेको बताए । ‘फास्ट ट्र्याक बनाउन वनको समस्या छ । यो मिलाएर सरकारले सेनालाई दिनुपर्थ्यो,’ उनले भने, ‘सरकार आफैँले सेनालाई विवादमा तानेको छ, ठेकेदार बनाएको छ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्