कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा उपप्रधान तथा रक्षामन्त्री खड्का

होस्ट खबर १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई प्रस्थान गरेसँगै खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्ड यूएईको दुबईमा हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन ९कोप–२८० मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

१४–१६ मंसिरमा हुने सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड यूएईको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी मंसिर १७ गते स्वदेश फर्कने कार्यतालिका छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्