आज झापामा राजावादीहरुले शक्ति प्रदर्शन गर्दै, पूर्वराजा शाह पनि सहभागी हुने

होस्ट खबर ९ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : राजावादीहरुले आज ९शुनिबार० झापामा ‘शक्ति’ प्रदर्शन गर्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको शक्ति प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुने बताइएको छ।

पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो। ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा परिणत गरेको हो।

पूर्वराजा शाह शुक्रबार अपराह्न नै झापा पुगिसकेका छन्। उनले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्‌घाटन र कलेज क्षेत्रमा नै निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन्।

उनलाई शनिबार मोटरसाइकल र्‍यालीमार्फत् बिर्तामोड पुर्‍याउने कार्यक्रम छ। मोटरसाइकल र्‍यालीमा राप्रपाका ५ हजार बढी कार्यकर्ता सहभागी हुने बताइएको छ।

पूर्वाराजा शाह समेतको उपस्थितिमा हुने शक्ति प्रदर्शनको व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामा नै बसिरहेका छन्।

राजतन्त्र फर्काउने मागसहित मेडिकल व्यवसायी दुर्गा प्रसाई भने काठमाडौं केन्द्रित ‘आन्दोलन’मा सहभागी छन्। प्रसाई केही दिन अगाडि झापाबाट काठमाडौं आएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्