काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ । विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ ।
आजै नेकपा ९एमाले० नेतृत्वको युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दैछ । जसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ ।
ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ । रिङरोडको दुई मुख्य नाका केन्द्रित प्रदर्शनका कारण दिनभर यातायात प्रभावित हुने देखिएको छ । प्रसाईं नेतृत्वको अभियानले तोकेको मुख्य ७ स्थान र रुटहरुका कारण यी क्षेत्रको यातायाता प्रभावित हुने सम्भावना रहेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्