बझाङका भूकम्प पीडितलाई तत्काल ५० हजार दिने घोषणा

होस्ट खबर २० आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्प पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बझाङ आइपुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

त्यस्तै भूकम्पपछि आएको पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री दाहालले दुई लाख सहयोग घोषणा गरेका हुन् ।

उनले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए ।

त्यस्तै राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिने प्रधानमन्त्रीले घोषणा गरेका हुन् । उनले आवश्यक सामग्री तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए ।

उनले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउने र सरकारी कार्यालय, सामुदायिक भवन, स्कुलमा पुगेका संरचनाहरूको यथाशीघ्र पुनःनिर्माण गरिने बताए। गत मंगलबारका बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्