१९औँ एसियाली खेलकुद: नेपाल भारतसँग २३ रनले पराजित

होस्ट खबर १६ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।

भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीनरतीन विकेट लिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २९ रन बनाए । १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे ।

कुशल भुर्तेल २८, कुशल मल्ल २९ र आसिफ शेख १० रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए ।

यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए । चार बल खेलेका जितेश शर्मा ५ रन बनाएर आउट भए भने १० बल खेलेका तिलक वर्मा २ रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एकरएक विकेट लिए । नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपीएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ ।

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्