एसियन कप क्रिकेट: आज नेपालले भारतको सामना गर्दै

होस्ट खबर १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : जारी एसियन कप क्रिकेट– २०२३ अन्तर्गत आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे पछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

एसिया कप २०२३ का लागि नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकीपर०, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, प्रतिस जीसी, अर्जुन साउद, मौसम ढकाल, किशोर महतो रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array