कर्णालीको कार्यवाहक मुख्यमन्त्रीमा मंगल शाही

होस्ट खबर १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगल शाहीले पाएका छन्।

बुधबार मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा निस्किएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

मुख्यमन्त्री शर्मा स्विट्जरल्यान्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानो धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्। कार्यक्रम जुरिचमा बिहीबार र शुक्रबार हुनेछ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्