समाजवादी मोर्चाको सभा आज पोखरामा, शीर्ष नेताहरुले सम्वोधन गर्ने

होस्ट खबर १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज गण्डकी प्रदेशमा आयोजना हुने सन्देश सभालाई सम्बोधन गर्ने भएका छन् ।

सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भदौ ८ गते वीरगञ्जबाट सन्देश सभा सुरु गरेको समाजवादी मोर्चाले आज पोखरामा २३ गते हेटौडामा तथा २५ गते विराटनगरमा सन्देशसभा आयोजना गर्ने तयारी गरेको छ । मोर्चाले सातै प्रदेशमा आयाजना गरिरहेको सन्देश सभाका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्