पहिलो खेलमै विश्वका तीन उत्कृष्ट ब्याटरको सामना गर्दैै नेपाल

होस्ट खबर ७ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न पाकिस्तान पुगेको छ । मंगलबार राती नेपालबाट पाकिस्तानतर्फ प्रस्थान गरेको नेपाली टिम बुधबार कराँची पुगेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको हो । नेपाली क्रिकेट टिमलाई पाकिस्तानका क्रिकेट अधिकारीहरुले कराँचीमा स्वागत गरेका छन् ।

नेपाल टिम पाकिस्तानको कन्डिसन बुझ्न र स्थानीय टिमसँग अभ्यास खेल खेल्न केहि दिनअघि नै पाकिस्तान गएको हो । एसिया कप ३० अगष्टदेखि १७ सेप्टेम्बरसम्म हुनेछ । एशिया कपमा कुल छ देशले प्रतिस्पर्धा गर्न लागेका छन् । नेपाल रहेको समूहमा भारत र पाकिस्तान पनि छन् भने अर्को समूहमा श्रीलङ्का, अफगानिस्तान र बङ्ग्लादेश छन् ।

प्रत्येक समूहका दुई उत्कृष्ट टोलीले ‘सुपर फोर’ चरणमा प्रवेश पाउने छन् । उक्त चरणबाट छानिएका दुई टोलीबीच सेप्टेम्बर १७ तारिख फाइनल खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा अगस्ट ३० मा नेपालले मुल्तान रङ्गशालामा एउटा यस्तो पाकिस्तानी टोलीको सामना गर्नुपर्नेछ ।

उक्त टोलीमा अहिले विश्वकै सर्वोत्कृष्ट मानिने ब्याटरहरू छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले जारी गरेको पछिल्लो विश्व वरीयताक्रममा एक दिवसीय खेलमा पाँच सर्वोत्कृष्ट ब्याटरमध्ये तीन जना पाकिस्तानका छन् । बुधवारको वरीयताक्रममा कप्तान बाबर आजम पहिलो स्थानमा छन् भने इमाम उल हक तेस्रो र फखर जमान पाँचौँ स्थानमा छन् ।

उक्त सूचीमा चौथो स्थानमा रहेका भारतका शुभमान गिलसँग भने सेप्टेम्बर ४ मा श्रीलङ्काको क्यान्डीस्थित प्यालेकिले रङ्गशालामा नेपाली टोलीको जम्काभेट हुने छ । बलिङतर्फ भारतका मोहमद शिराज अहिले एकदिवसीय वरीयतामा पाँचौँ स्थानमा छन् भने पाकिस्तानका शहिन अफ्रिदी नवौँ स्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछाने २२ औँ स्थानमा अनि दीपेन्द्रसिंह ऐरी ६३ औँ स्थानमा छन् । सोमपाल कामी ८० औँ, करन केसी ८३ औँ अनि ललित राजवंशी ९८ औँ स्थानमा छन् । त्यस्तै ब्याटिङतर्फ भने उक्त सूचीमा नेपालका कप्तान रोहित पौडेल ७३ औँ स्थानमा अनि आशिफ शेख ८० औँ स्थानमा छन् ।

एसिया कप खेल्ने नेपाली टिममा रोहित पौडेल ९कप्तान०, आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल रहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्