प्लेयर अफ द म्याच बने सन्दीप

होस्ट खबर १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपालका स्टार स्पिनर सन्दीप लामिछाने क्यानाडामा जारी ग्लोबल टी२० को पछिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।

लामिछानेको उत्कृष्ट बलिङमा उनी आवद्ध सर्रे जगुअर्स ग्लोबल टि-२० क्यानाडाको प्ले अफमा पुगेको छ । बुधवार भएको समूह चरणको अन्तिम खेलमा मिस्सिसाउगा प्यान्थर्सविरूद्ध ८ विकेटको फराकिलो जीत दर्ता गरेसँगै जागुअर्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

जगुअर्सलाई महत्वपूर्ण जीत दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओेभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिएपछि प्यान्थर ५६ रनमा समेटिएको थियो ।

जवाफी व्याटिङमा उत्रेको जगुअर्सले नौ ओभरमा दुई विकेटको क्षतीमा लक्ष्य भेट्टायो । जगुअर्सका लागि पाकिस्तानी ब्याट्सम्यान मोहम्मद ह्यारिसले २३ बलमा अविजित ३७ रन बनाए ।

यो खेलमा सन्दीप प्लेयर अफ द म्याच बनेका छन् । जारी प्रतियोगितामा पहिलोपटक उनी प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि उनले तीनपटक मोमेन्ट अफ द म्याचको पुरस्कार जितेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्