कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

होस्ट खबर १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

यही साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसके पछि सोमबार पार्टी पदाधिकारीले आफनो धारणा राखेका थिए ।

जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए।

आजको बैठकमा सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array