तेक्वान्दोको अन्तराष्ट्रिय प्रतिस्पर्धामा नन्दालाई स्वर्ण

होस्ट खबर ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेती चेली तथा राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य नन्दा बस्यालले कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी छिन् ।

बागीना समूहकी वरिष्ठ कलाकार समेत रहेकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् ।

५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दा सहितका खेलाडी सहभागी छन् ।

खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई समेत निरन्तरता दिदै आएकी छिन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्