इन्टर मियामीसँग मेसीको आधिकारिक सम्झौता

होस्ट खबर ३१ असार २०८०, आईतवार
1 Min Read
Aa

एजेन्सी : अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए ।

मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘ अमेरिकामा इन्टर मियीसँग आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु ।’ गत वर्ष आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्व विजेता बनाएका मेसीले भने ।

मेसीले पहिलो पटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । उनले भने, ‘यो उत्कृष्ट अवसर हो र हामी सबै मेलर यसलाई राम्रो प्रोजेक्ट बनाउनुपर्छ ।’ इन्टर मियामीका को ओर डेभिड बेकहमले मेसी अनुबन्ध पछि सपना पूरा भएको बताएका छन् ।

यहि जुलाई २१ मा क्रुज अजुल विरुद्ध हुने लिग कपको पहिलो खेलमा लागि मेसी उपलब्ध हुनेछन् । बार्सिलोनामा दुई दशक बिताएपछि २०२१ मा पीएसजी पुगेका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे । गत सिजन उनले १६ गोल र १६ असिस्ट गरे ।

मेसीले बार्सिलोनाका लागि ६७२ गोल गरे र १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पानिस कप जिते ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्