प्रतिनिधिसभाबाट आज बजेट पारित गराउने सरकारको तयारी

होस्ट खबर १३ असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ : सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ । बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।

सत्तारुढ दलहरुबाटे बजेट संसोधन गर्न र राष्ट्रिय श्रोतको न्यायोचित वितरण गर्न आवाज उठे पनि बजेटमा अहिलेसम्म कुनै संशोधन गरिएको छैन । मंगलबार साँझ कांग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरुबीच बालुवाटारमा भएको छलफलमा असन्तुष्टी सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।

तर, असन्तुष्टि सम्बोधन कसरी गर्ने भन्ने खुलाइएको छैन । प्रधानमन्त्री दाहालले बजेट पारित गर्न सत्ता घटका सबै दलहरुलाई आग्रह गर्नुभएको थियो । बजेटप्रति असन्तुष्टि जनाउँदै आएका नेकपा एस, जसपा र जनमत पार्टीको संसदीय दलको बैठक बुधबार बिहान बस्ने तयारी छ ।

नेपाली कांग्रेस र माओवदीले भने मैगलबार नै बजेट पारित गर्न ह्वीप जारी गरिसकेका छन् । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्