वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब २ करोड ६१ लाख

होस्ट खबर ११ असार २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तीन अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ। नगरपालिकाले आइतबार आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त बजेट ल्याएको हो।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ।

यो नगरपालिका कर्णाली प्रदेशको राजधानी समेत हो।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, विकास पूर्वाधार र खानेपानीमा विशेष गरेर बजेट ल्याएको छ। जसमा संविधानको कार्यान्वयन गरि वीेन्द्रनगर नगरपालिका भित्रका सेवा क्षेत्र विद्यालयहरूका विद्यार्थीहरूलाई कक्षा १ देखि १० सम्म निःशूल्क शिक्षा प्रदान गर्ने, भेरी पम्पिङ खानेपानी आयोजना निर्माण गर्ने जस्ता योजना रहेका छन्।

यस्तै, नगरपालिका भित्रका नागरिकहरूलाई निःशुल्क बीमा गरि स्वास्थ्यको पहुँचमा पु¥याने, युवाहरुको उद्यमशिलताका लागि करियर काउन्सिल सेन्टर खोलेर उद्यमी बनाउने, ‘मेयर शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत विद्यालयको गुणस्तर र नबनाई नहुने भौतिक पूर्वाधारलाई अगाडी बढाउनका लागि बजेट विनियोजना गरेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्