सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । कर्णालीमा प्रसस्त्र मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा। शङ्कर रिजालले जानकारी दिए ।
उनले प्रयोगशाला सञ्चालनको लागि बजेटको सुनिश्चित भइनसकेको जानकारी दिँदै कर्णालीमा आयुर्वेद औषधिलाई मापदण्डअनुसार बनाउन आवश्यक रहेकामा जोड दिए। ‘हामीले आयुर्वेद फार्मेसी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेका छौँ, त्यसको लागि औषधि त मापदण्डअनुसार हुनुपर्यो भनेर प्रयोगशाला सञ्चालन गर्दै छौँ । तर बजेट भने सुनिश्चित भइसकेको छैन ।’
यसैबीच, कर्णालीमा नागरिकको आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । चालु वर्षको जेठ सम्मको तथ्याङ्कलाई हेर्दा २५ हजार तीन सय ८१ जनाले सेवा लिएका छन् । गत वर्षको तुलनामा यो सङ्ख्यामा वृद्धि भएको हो ।
सेवा लिनेमा पुरुषभन्दा महिला धेरै रहेको देखिएको छ । डाक्टर रिजालका अनुसार नशा, बाथ, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् । अस्पतालमा कर्णाली प्रदेशमै पहिलो पटक च्यावनप्रास समेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्