उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ओमन जाँदै

होस्ट खबर ७ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का असार दोस्रो साता ओमन जाने भएका छन् । ओमनको राजधानी मस्कटमा असार १३ र १४ गते हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा सहभागी हुन खड्का प्रमुख अतिथिका रुपमा ओमन जान लागेका हुन् ।

खड्काको ओमन भ्रमण मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको हो । सम्मेलनमा ओमन, इराक, कतार, कुवेत, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एनआरएनका अध्यक्षसहितका पदाधिकारीहरु सहभागी हुनेछन् । सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारको नीति र अभ्यास, श्रमिक र उनीहरुको परिवारको स्वास्थ्य सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्