कर्णाली प्रदेशको बजेट आज, घट्दै आकार

होस्ट खबर १ असार २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : आज कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छ । ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ ।

सङ्घीय सरकारले प्रदान गर्दै आएको अनुदानसँगै प्रदेशको राजस्व सङ्कलनमा कमी आएका कारण आगामी आवमा बजेटको आकार तुलनात्मक रूपमा घट्ने अनुमान गरिएको छ ।

चालु आवका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले जेठ महिनाको १७ गतेसम्म ११ अर्ब ३० करोड २१ लाख ४० हजार बजेट मात्र खर्च गरेको छ । अब प्रदेश सरकारले २१ अर्ब ४३ करोड ८७ लाख ६३ हजार बजेट खर्च गर्नुपर्ने छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले २४ अर्ब बराबरको बजेट खर्च गरेको थियो । यसै गरी प्रदेश सरकारले ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । चालु आवको एक महिना मात्र बाँकी हुँदा हालसम्म ५२ करोड राजस्व सङ्कलन भएको छ ।

सङ्घीय सरकारले अनुदान कटाउनु, राजस्व बाँडफाँटतर्फको बजेट न्यून हुनुले पनि यस पटक बजेटको आकार घट्ने देखिन्छ । प्रदेश सरकारको आफ्नै राजस्व सङ्कलन हुने दिगो आधारसमेत छैन । यो समाचार आजको गोरखापत्रमा छ l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array