कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै

होस्ट खबर ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो ।

पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ सभापति शेरबहादुर देउवाले चासो देखिएका छैनन् भने महामन्त्री थापा सभापतिको विरुद्धमा भाषण गर्दै हिडिरहेका छन् । त्यस्तै, केही केन्द्रीय सदस्यसहित पार्टीको जिम्मेवारीमा नरहेका अधिकांश युवा नेताहरू देशव्यापी अभियानमा छन् ।

नेतृत्वलाई पार्टी रूपान्तरणको खाकाका सम्बन्धमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सभापति देउवाले एकातिर सुनेर अर्कोतिरबाट उडाउने काम गरेको कांग्रेस रूपान्तरण अभियानका नेता गुरुराज घिमिरेले आरोप लगाउनुभयो ।

सभापतिको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनले भने– ‘नेपाली कांग्रेसको रूपान्तरण सभापति देउवाबाट सम्भव छैन । हामीले पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा उहाँले सुन्नै चाहनुभएन । त्यसैले हामी अभियानबाटै उहाँलाई सच्याउन सकिन्छ भनेर लागेका हौं । उहाँ सच्चिनुभएन भने सक्किन तयार हुनुपर्छ ।’ नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्