राजस्वका सबै क्षेत्रमा एकै दरले वृद्धि हुनेछ

होस्ट खबर २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : अर्थमन्त्रीसहितको बजेट बनाउने विज्ञ समूहले बजेटका स्रोतलाई कसरी हचुवाका भरमा प्रक्षेपण गर्छन भन्ने अर्को एउटा उदाहरण फेला परेको छ ।

विगतमा कृष्णबहादुर महरा अर्थमन्त्री हुदाँ राजस्वको स्रोतमा सरकारले एक खर्ब रुपैयाँ गलत तथ्याङ्क राखेर बजेट बनाएको थियो । अहिले आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेटमा राजस्वका प्रमुख स्रोतमा लक्षित दर एउटै राखेर अर्को लापरवाही गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत राजस्व अनुमान संशोधन गर्दै आगामी असार मसान्तसम्म ११ खर्ब ४३ अर्ब ७८ रुपैयाँ ९राजस्व बाँडफाँटसहित० संकलन हुने भनेका छन् ।

यस्तै, आगामी बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । यो चालु आर्थिक वर्षको पछिल्लो संशोधित लक्ष्यको २४।३७ प्रतिशत बढी हो । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्