काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसद्मा पेस भएको बजेटमाथि आइतबारबाट प्रतिनिधिसभाको बैठकमा छलफलको कार्यसूची राखिएको छ। तर अघिल्लो संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेपछि एमाले विरोध गर्ने तयारीमा जुटेको हो। तर बजेटमाथि छलफल गर्ने बैठक भएकाले नरोक्ने र प्रधानमन्त्रीसँग जवाफ माग्ने कुरा उठेको एक नेताले बताए। सांसद चल्न नदिने अवरुद्ध गर्ने मत पनि आएको उनले बताए। यस विषयमा आइतबार बिहान टुंगोमा पुग्ने उनले बताए।
राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएको जनाउँदै एमालेका एक नेताले ‘जनताको सर्वोच्च निकायलाई छलेर मृत नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने काम भएको’ बताए।
उक्त विधेयक फिर्ताका लागि पहल गर्ने उनको भनाइ थियो। तर सत्तारूढ नेपाली कांग्रेस भने राष्ट्रपति पौडेलको कदमको बचाउमा उत्रिएको छ। नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संवैधानिक कर्तव्य पूरा गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले दाबी गरेका छन्।
राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएको जनाउँदै एमालेका एक नेताले ‘जनताको सर्वोच्च निकायलाई छलेर मृत नागरिकता विधेयकलाई राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने काम भएको’ बताए।
विकले शनिबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भएको जनाएका छन्। संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित गरी दोस्रो पटक प्रस्तुत गरेको नागरिकता विधेयक संविधानको धारा ११३ को उपाधारा ४ अनुसार प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरेर अलपत्र छाडेको उनको आरोप छ।
‘तत्कालीन राष्ट्रपतिले अलपत्रमा पारेको विधेयकलाई सोही धाराबमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसद्को सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षासमेत गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ। नागरिक दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्