ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

होस्ट खबर २१ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौ : पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए। पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए ।

उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताए तर यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उनीहरूको भनाइ छ। गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्