सवारी दुर्घटनामा डा. सञ्जु खड्काको मृत्यु

होस्ट खबर १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै सडक दुर्घटनामा डा. सञ्जु खड्काको मृत्यु भएको छ। दुर्घटना मंगलबार दिउँसो साढे चार बजे दुर्घटना भएको हो। डा. खड्का कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत थिइन्।

पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो। दुर्घटनामा कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारीको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए।

मृतक डा. सञ्जु खड्का, उपप्रधानमन्त्री खड्काका माइला भाइ डा. डम्बर खड्काकी श्रीमती हुन्। डा. डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन्। निर्देशक डा. खड्का विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गत जेठ ६ गते जेनेभा गएका छन्। मृतक डा. सञ्जुका दुई छोरा छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्