डा. नवराज केसीको ‘शून्यको मूल्य’लाई उत्तम शान्ति पुरस्कार

होस्ट खबर १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले २०७९ सालको ‘उत्तम शान्ति पुरस्कार’ पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ;शून्यको मूल्युलाई पुरस्कार दिने घोषणा गरेको हो ।

पुस्तकमार्फत ुअँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापतु साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array