कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

होस्ट खबर १० जेष्ठ २०८०, बुधबार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ।

४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आह्वान गरेका हुन्।

बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बोलाइको छ। बैठकमा प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमाथि छलफल हुनेछ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array