सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन जनाको मृत्यु

होस्ट खबर ९ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेका शेर्पाको सोमबार निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए ।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भुमिकामा रहदैँ गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्