म.प. विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अनुगमन भ्रमण

होस्ट खबर ४ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

रुकुम : विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुमको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारी सम्मिलित संयुक्त टोलीले मुसिकोट खलंगा बहुमुखी क्याम्पसको भ्रमण तथा अनुगमन र अन्तरक्रिया गरेका हुन् ।

उक्त अन्तक्रिया कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल, मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष तथा राष्ट्रिय सभाका पुर्व सदस्य ठगेन्द्रप्रकाश पुरीज्यू, मुसिकोट नगरपालिकाका उप९मेयर विमल कुमार पुन, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा डा विमल कुमार लाल कर्ण, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह९प्रा डा लिलाधर तिवारी र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह प्रा डा सुदीप ठकुरी लगायत उपस्थित रहेका छन् ।

त्यसै गरी योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह प्रा बीरबहादुर पौडेल, प्राचार्य उप९प्रा जसबिर रोका, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष कृष्णबहादुर रोकाय, क्याम्पस संचालक समितिका पुर्व सदस्यहरु, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारीसमेत कार्यक्रमा सहभागी भएका छन् ।

 

अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा डा सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुको सम्बोधन गरेका छन्। साथै उनले मुसिकोट खलंगा बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ९आफ्नो स्थान बाट इमान्दारिताका साथ् लाग्नु पर्ने कुरामा जोड दिए ।

अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपति सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, लाइब्रेरी, शौचालय लगायत समग्र क्याम्पसको अवस्था बारे अनुगमन गरेका थिए । अनुगमनको क्रममा देखिएका कमी-कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपतिले निर्देशनसमेत दिएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्